काठमाडौं । आज भएको बस दुर्घटनामा परी नुवाकोटमा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-