काठमाडौं। गत फागुन १ गते नयाँ बसपार्कको ल्होत्से मलमा तोडफोड गरी मोबाइल लुटपाट संलग्न भएका ४० जना पक्राउ परेका छन्।
ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गर्नेहरू पक्राउ पर्ने क्रम जारी छ। यातायात मजदुरका नाममा उनीहरूले प्रहरीका दुईवटा भ्यानमा आगो लगाएका थिए।
आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। घटनामा संलग्न धेरैजसो व्यक्ति चालक, सहयोगी, विद्यार्थी र विभिन्न होटेल तथा रेस्टुराँका कामदार छन्।







प्रतिक्रिया लेख्नुहोस्:-