दूरबिन नेपाल, नेपाल सम्बाददाता
अन्ततः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन । अडियो प्रकरण बाहिरीएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन । सेक्युरीटी प्रिन्टीङ प्रेस खरिद प्रक्रियाका सम्बन्धमा कन्त्री बास्कोटाले कमीसन मागेको अडियो बाहिरीएपछि बास्कोटा संकटमा परेका थिए । केही सञ्चारमाध्यमसंग प्रतिक्रिया दिंदै बास्कोटाले अडियो एनिमेसन गरी मिलाइएको हुन सक्ने वा अन्य चतुर्याइ गी आफ्नो जस्तो बनाइएको दावी गरेका छन । आफुले नैतिकताको आधारमा राजिनामा दिएका बास्कोटाले आफ्नो कारणले समस्या नपरोस भनेर राजिनामा दिएको बताएका छन । सेक्युरीटी प्रिन्टीङ प्रेस खरिद सम्बन्धमा धेरै पहिलेदेखि नै प्रक्रिया अगाढि बढाइएको थियो स्वीस कम्पनी लगायतका अन्य धेरै विदेशी कम्पनीहरुले यसमा चासो दिएका कारण ठुलै कमीसनको खेल भएको आशंकापनि गरिएको थियो । सावर्जनिक भएको अडियोमा स्वीस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रा र गोकुल बास्कोटाका विचमा कुराकानी भएको सुनिएको छ । अडियो बाहिरीएपछि स्वीस दुतावासले यसमा आफ्नो कुनै संलग्नता नभएको र मिश्रा आफ्नो एजेन्ट नभएको बताएको छ । बास्कोटाले स्वीस दुतावासलाई वत्तव्य निकाल्न आफुले कुनै दवाव नदिएकोपनि बताएका छन । सेक्युरीटी प्रिन्टीङ प्रेस खरिदबारे संसदको सार्वजनिक लेखा समितिमा पनि उजूरी परेको थियो । समितिले बैठकपनि बोलाइ सकेको अवस्था थियो ।
श्रोतका अनुसार बास्कोटाको अडियो प्रक्ररण भाइरल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामाको लागि दवाव दिएका थिए । केही दिन अघि प्रधानमन्त्री ओलीले बास्कोटाको सार्वजनिक कार्यक्रममै प्रसंशा गरेका थिए । तर त्यही प्रसंशाका पात्र ठुलो कमीसनको खेलमा तानीएर राजिनामा दिन बाध्य भए ।
विपक्षीको आक्रोस, संसद अवरुद्ध
कमीसनको अडियो सार्वजनिक भएसंगै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बास्कोटाको बर्खास्तीको माग गर्दै संसद अवरुद्ध गरेको थियो । बास्कोटाको राजिनाकोबारेमा पनि सभामुख अग्नी पैािद सापकोटाले संसदमा जानकारी गराएका थिए । गोकुल बास्कोटाले राजिनामा दिएपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-