काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण सफल भएकोले अब नेपालको आफ्नै ध्वजावाहक वाइडबडी विमानले पहिलो उडान भर्ने बताएका छन् ।
शनिवार विमानस्थलको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री आलेले क्यालिब्रेसन फ्लाइट सकिएपछि नेपाल एअरलाइन्सको ध्वजावाहक विमानबाट ‘टेष्ट फ्लाइट’ गर्ने बताए ।
क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते विमानस्थल सञ्चालन गरिने मन्त्री आलेको भनाइ छ ।
‘विगतमा ५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने कुरा भएको थियो । तर, मैले ४२ दिनमा रिपोर्ट आउने गरी अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो थाई कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु,’ मन्त्री आलेले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-