काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप रकम सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको दावी गरेको छ ।
बैंकले आज एक एक विज्ञप्ति जारी गर्दै यस्तो प्रष्टीकरण दिएको हो ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी भइरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको बताएको छ ।
राष्ट्र बैंकले बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रममा पार्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलाग्न समेत आग्रह गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-