काठमाडौं । एमसीसी परियोजनालाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि जनता समाजवादी पार्टी नेपाल(जसपा) ले आगामी फागुन १३ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ । यादवले यही विषयमा छलफल गर्न फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
पार्टीमा देखिएको आन्तरिक विवादका बारेमा छलफल गर्नका लागि सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले बैठकको माग गर्दै आएको थियो । लामो प्रयासपछि जसपाको बैठक बस्न लागेको हो । पार्टी समायोजन, विधान संशोधन, कार्य विभाजन, एमसीसीलगायतको विषयमा पार्टीमा छलफल हुने बताइएको छ ।
पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था भए अनुसार एकजना अर्को अध्यक्ष पनि चयन गर्नुपर्ने डा।भट्टराई पक्षको माग रहेको छ । यो विषयलाई बैठकमा जोडतोडले उठाउने तयारी भट्टराई पक्षको रहेको छ । त्यस्तै, एमसीसीको विषयमा पनि पार्टीभित्र दुई मत रहेको छ । डा।भट्टराई एमसीसीको पक्षमा छन् भने उपेन्द्र यादव एमसीसीको विपक्षमा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-