काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।
१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४।१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
रोहितले अविजित ९५ रन बनाए । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।
प्रतिक्रिया लेख्नुहोस्:-