काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपतिको प्रस्ताव आएको बारेमा बृहत छलफल आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष नेपालले मंगलबार दाङको भालुवाङमा पत्रकारसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन् । उनले राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गर्दै नेपालले आफू के बन्ने भन्ने बारे अझै सोचिनसकेको बताए ।
उनले अरुकै लागि सधैँ बलिदान नगर्ने जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गर्नुभएको हो रु भन्ने पत्रकारको जिज्ञासामा उनले कतिपय कुरालाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-