काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिने बताएका छन् ।
नेता केसीले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान समयमा कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको टिप्पणी गरे ।
मुलुकमा देखिएको आर्थिकलगायत समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ । उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी पनि गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-