काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से आज उच्च अंकमा दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३३.५७ अंकले बढेको हो ।
आज दुई सय ६९ वटा कम्पनीको ४७ लाख ७९ हजार सात सय ९६ कित्ता सेयर ३९ हजार नौ सय ९६ पटक खरिद–बिक्री हुँदा एक अर्ब ८० करोड ३२ लाख ८२ हजारबराबरको कारोबार भएको छ।
जलविद्युत् समूह ९६.९२, लगानी समूह १।६३, उत्पादन समूह ७१।९० र अन्य समूह २६।२५ अंकले बढेको छ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडका सेयर कारोबारीले आज सबैभन्दा धेरै ९.८० प्रतिशतले कमाएका छन् भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-