काठमाडौं । सत्ता समीकरण नयाँ बन्ने भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा बाहिरिएको छ । राप्रपाका मन्त्रीहरुले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र दीपकबहादुर सिंह उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी थिए ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै राप्रपाका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-