काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा नेपालले पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले जि निकालेको हो ।
टस हारेपछि ब्याटिङमा निम्त्याइएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २०३ रनको योगफल खडा गरेको थियो । २०४ रनको मध्यम लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा ओपनर भुर्तेलले ५६ रन बनाए । भुर्तेलले ६९ बलमा पाँच चौका प्रहार गरे । भुर्तेलले पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग ७६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफ र भुर्तेलको यो साझेदारी अहिलेसम्मको दोस्रो उच्च साझेदारी हो । पहिलो विकेटका लागि यसअघि आसिफ र कुशलले नै सन् २०२२ जुन १४ मा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-