काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएपछि शाह आज रिहा भएका छन्।
उनलाई अदालतले आइतबार नै सफाइ दिए पनि कार्यालय समय सकिइसकेकाले आजमात्रै रिहा भएका हुन् ।
रिहा भएपछि उनी काठमाडौं आउने बुझिएको छ। एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-