काठमाडौं । युुएईमा जारी आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले मलेसियालाई १० विकेटले हराएको छ । यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।
नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-