काठमाडौं । आज हिन्दूहरुको महान पर्व महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथमा मेला भर्न बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । समिति गठन भएको छ ।
यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा सवा करोड खर्च हुने अनुमानसहितको विवरण पशुपति क्षेत्र विकास कोषले केही समयअघि सार्वजनिक गरेको थियो ।
भारतबाट आउने साधुहरूको दानदक्षिणा, मन्दिर सजावटलगायतमा सो रकम खर्च हुने कोषले जनाएको छ । गत साल कोरोना महामारीले गर्दा यो पर्व विशेष रुपमा मनाउन नपाइएकोले पनि यस वर्ष धेरै भक्तजन आउने कोषको आँकलन छ ।
अहिले लाखौं भक्तजनहरु पशुपतिमा पुजाआजाका सानै नाचगान गरेर रमाइलो गरिरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-