काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा सम्पन्न केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र क्लबले जितेको छ।
खेलको सुरुमै गोल गरेर अग्रता बनाए पनि मछिन्द्रले त्यो अग्रता जोगाउन सकेन। पाँचौ मिनेटमा मैदानको बायाँ साइडबाट ओलावाले अफिजले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।
तर सातदोबाटोका सुदिप गुरुङको पासमा ओभाना जोर्डन जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। खेल अवधी भरी दुवै टिमले राम्रा अवसरहरू पाए पनि सदुपयोग गर्न नसक्दा गोल हुन सकेन। १–१ को बराबरीमै खेल सकिएपछि पेनाल्टी सुटआउटमा मछिन्द्रले ५–३ को जित निकालेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-