काठमाडौं । विश्वकप लिग–२ क्रिकेट अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखला अन्तर्गत शुक्रबार भएको खेलमा पपुआ न्युगिनीविरुद्ध नेपालले जित हासिल गरेको छ ।
पीएनजीले दिएको एक सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे। अविजित रहँदै आसिफले ८६ र सन्दीपले ३५ रन बनाए ।
उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै आउट भएपछि नेपाल संकटमा परेको थियो । ७४ रनमा ६ विकेट गुमाएको नेपाललाई आसिफले सम्हालेका थिए । १०५ रन जोड्दा कुशल मल्ल आउट भएपछि सन्दीप क्रिजमा आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-