काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू मा यूएईमाथि नेपालले ४२ रनको महत्वपूर्ण जित हात पारेको छ ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।
व्यक्तिगत ५० रनमा खेलिरहेका लाक्रालाई दीपेन्द्र सिंह ऐरीले एलबीडब्लू धरापमा पारे । तर आसिफले भृत्य अरभिन्दसँग २८ र सी रिजवानसँग २४ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाले ।
४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए ।
तर ४२औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-