काठमाडौं । नेपाली कांग्रेसकी नेतृ अरजु राणा देउवाले विज्ञान र प्रविधिको विकाससँगै भएको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्नुपर्ने बताएकी छन् ।
उनले बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्त्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै विशेष गरी महिलाहरूलाई नवीनतम् प्रविधिहरूमा समान पहुँच र अहिलेको डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउन आवश्यक रहेको बताएकी छन् ।
उनले सयुक्त्त राष्ट्रसंघले तय गरेको यस वर्षको नाराले उनीहरुको प्रविधिमा पहुँच स्थापना गर्नु पर्ने सन्देश दिएको पनि बताएकी छन्। उनले भनेकी छन्, ‘म विशेषगरी ग्रामीण र सीमान्तकृत समुदायका महिलाहरुको प्रविधि–साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरुको पहुँच पुर्याउने काम गर्नेछु।’
प्रतिक्रिया लेख्नुहोस्:-