काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गराएकी जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्।
जसपाबाट रामसहायप्रसाद र प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम राखेर अन्तिम नामावली सार्वजनिक गरेको भोलिपल्ट उनले आफ्नो उम्मदवारी निष्क्रिय पारेकी हुन्।
उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्न सबै पार्टीलाई आग्रह गरेकी छिन्।
प्रतिक्रिया लेख्नुहोस्:-