काठमांडौं
प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले आफू पदच्युत नरहेको जिकिर गरिरहेका वेला सर्वोच्च अदालतका बरिष्ठतम् न्यायधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायधीशको पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतको वेबसाईटमा समेत प्रधानन्यायधीश रेग्मीको फोटो हटाएर कायममुकायम न्यायधीश जोशीको फोटो राखिएको छ । कामु न्यायधीश जोशीले पदवाहालीसँगै इजलास तोकी काम समेत शुरु गरेका छन् । प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको जन्म मिति र उनले गरेका कतिपय निर्णयहरुसँगै नेपालको न्यायलय विवादको चरम उत्कर्षमा पुगेको छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले सचिव स्तरिय निर्णय भन्दै प्रधानन्यायधीश रेग्मीलाई उमेरहदका कारण निबृत्त भएको पत्र हिजो मात्र पठाएका थिए । पत्र विवादित भइरहेको समयमा आज न्यायधीश दीपकराज जोशीले कायममुकायको पदभार ग्रहण गरेपछि यो प्रक्रिया थप अन्यौलपुर्ण वन्न पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-