Tuesday, May 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

देशभक्तको एक घण्टामै अमृत प्रेम

चैत्र १, २०७४ १०:२५ मा प्रकाशित
देशभक्तको एक घण्टामै अमृत प्रेम

…cd[t k|]dÚ xfOs' ;+u|x nf]sfk{0f l;h{gf ;Dkbf snf dlGb/ g]kfnsf cWoIf b]zeQml;+x s'Fj/åf/f /lrt …cd[t k|]dÚ zLif{ssf] xfOs' ;+u|x kf]v/fdf laxLaf/ nf]sfk{0f ub}{ kf]v/f n]vgfy dxfgu/kflnsfsf k|d'v dfgaxfb'/ lh;L . t:jL/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, १ चैत /“अमृत प्रेम
संसारबिना बाँच्छ
सत्य कुरा हो ।”

प्रस्तुत सिर्जना सम्पदा कला मन्दिर नेपालका अध्यक्ष देशभक्तसिंह कुँवरले रचना गर्नुभएको ‘अमृत प्रेम’ शीर्षकको हाइकु हो ।

झट्ट सुन्दा अचम्म पनि लाग्न सक्छ कुँवरले एक घण्टामै लेखेका अमृत प्रेम जस्तै १४२ हाइकु रहेको ‘अमृत प्रेम’ शीर्षकको हाइकु संग्रह एक कार्यक्रमका बीच आज पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले लोकार्पण गर्नुभयो ।

हाम्रै समाजका वरपर घटित विभिन्न विषयवस्तुलाई गत पुस १२ गते बुधबार साँझ ६ देखि ७ बजेको समयावधिमा लेखी संग्रहमा समेटिएका कुँवरका प्रत्येक हाइकुले समेट्ने प्रयास गरेका छन् ।

हाइकु छोटो शैलीको कविता हो । पहिलो हरफ पाँच अक्षरको अर्थपूर्ण संरचनासहित दोस्रो सात अक्षर र तेस्रो पाँच अक्षरको पदवलीमा सकिने यो साहित्यिक विधा पाठकलाई चकित पार्ने खालको हुन्छ ।

हाइकु पाँच–सात–पाँच अक्षरको जम्मा १७ अक्षरभित्र संरचित तीन हरफमा लेखिने साहित्य भएको हाइकु संग्रहका सर्जक देशभक्त कुँवरले बताउनुभयो ।

साहित्यका विभिन्न विधाको विकाससँगै हाइकु पनि एउटा रोचक साहित्यिक विधाका रुपमा अघि आएको उहाँले बताउनुभयो ।

संग्रहको शुरुमा नै सर्जक कुँवरले देशप्रेमले ओतप्रोत युक्त भावनाले सजिएको हाइकुमा लेख्नुभएको छ,
“नेपाल छोडी
अरु देशमा जान्न
यहीँ बस्छु म ।।”

देशका लागि शहादत प्राप्त गर्ने शहीदको महिमा र गरिमाको उच्च सम्मान गर्दै लेखिएको ‘शहीद हुन्न’ शीर्षकको हाइकुमा भनिएको छ,
“शहीद हुन
कति गाह्रो पो हुन्छ
हल्का नसोच ।।”

माया पिरतीका विषयमा हाइकुमा चर्चा गर्दै देशभक्त लेख्नुहुन्छ ः
“चोखो प्यारमा
जीवन लुक्या हुन्छ
मुटु नै छुन्छ ।।”

त्यस्तै धनी र गरीवबीचको विभेदलाई कोट्याउँदै लेखिएको छ ः

“चौरासी व्यञ्जन
गरीवलाई थाहा छैन
खानै पाछैन ।।”

यस्तै यस्तै भावना र विषयलाई देशभक्तद्वारा रचित एवं पोखरा वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित १०८ पृष्ठको हाइकु संग्रहमा समेटिएको पाइन्छ ।

हाम्रो समाजमा जिन्दगी भेटाउनलाई जिन्दगी आफँै हराइरहेको हुन्छ भन्दै लेखक देशभक्तले भन्नुभयो, “एक घण्टामा जन्मिएका मेरा सपनाका दृश्यहरू अब एक घण्टाका लागि मात्रै होइन धर्तीकै अस्तित्व बनेर आकाश ओढ्दै जुन, तारा र ग्रहहरू घुम्दै सप्तरङ्गी सूर्यदेश बनेर बाँच्ने छन् तर आयु छोटिएर कहिल्यै मृत्युवरण गर्ने छैनन् ।”

लोकपर्ण कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रकृतिदेखि देशप्रेम, पीडा, व्यथा र बेदनाका हरेक विषयलाई हाइकु संग्रहमा समेटिएको बताउनुभयो ।

प्रा डा यमबहादुर क्षेत्रीले हाइकु नेपाली साहित्यको एक विशिष्ट विधा भएको बताउँदै यसले अत्यन्त छोटो शैलीमा धेरै विषयलाई समेट्ने धारणा राख्नुभयो ।

साहित्यकार क्षेत्रबहादुर कुँवरले साहित्य क्षेत्र आफैँमा जटिल भएको बताउँदै सर्जकका लागि प्रेरणा प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

लोकार्पण समारोहमा तिर्सना लक्ष्मी गुरुङ, अम्बिका राणा, राजेन्द्र अधिकारी अपूर्ण, सागर सेँढाईलगायतले कुँवरको कृषि पाठकमाझ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result