काठमाडौं । चर्चित गायक प्रकाश सपूतले गीति भिडियो ‘पिर’ युट्युवमा सम्पादन गरेका छन् उनले माओवादी पूर्वलडाकु देहव्यापारमा लागेको दृश्य हटाएर भिडियो पुनः अपलोड गरेका छन् ।
अगिल्लो हप्ता युट्युवमा अपलोड भएको उक्त भिडियो निकै विवादित बनेको थियो । उक्त भिडियोलाई लिएर माओवादी नेता तथा कार्यकर्ताले आपत्ति जनाउँदै युट्युवबाट भिडियो हटाउन दबाबसमेत दिएका थिए। (अपलोड गरेसंगै सपूतले सामाजिक सन्जालमा भावुक स्टाटस समेत लेखेका छन् ।
‘केहि दृष्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु । तर, गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन १ आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन,’ उनले लेखेका छन् । पछिल्लो समय यस भिडियो अत्यन्तै चर्चित भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-