काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटरी सिस्टममा बेतिथि आएको टिप्पणी गरेका छन्। उनले आज प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन् ।
महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम गरेको जिकिर गरे। उनले आवश्यकता र प्राथमिकताविना अनुत्पादान क्षेत्रमा खर्च भएकाले अहिले समस्या आएको बताए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद डा।महतले कार्यकर्तामुखी बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव समेत दिए।







प्रतिक्रिया लेख्नुहोस्:-