काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई सबैले सामान्य रूपमा लिनुपर्ने बताएका छन्।
उनले कांग्रेस प्रदेश कार्यालयको हेटौँडामा उद्घाटन गर्दै यस्तो बताएका हुन् । आफूले सोचेभन्दा निर्वाचनमा फरक नतिजा नतिजा आएपछि पार्टीका जिम्मेवार तहमा रहेका नेताहरूले सार्वजनिक रूपमा आफूखुसी अभिब्यक्ति दिन नहुने उनले बताए ।
चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको नेता सिंहले बताए। ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। चुनावी अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि यसबारे निर्णय गर्छौँ,’ उनले भने।
कांग्रेसमा पार्टी सभापति तथा प्रधानमन्त्री गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् भने अन्य केही नेता कांग्रेस आफ्नै बलबुतामा एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-