काठमाडौं । केही दिनदेखि लगातार ओराले लागेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि १५ अंकले घटेको छ ।
आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँमा खरिद बिक्री भएको छ।
दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धवलागिरि लघुवित्त वित्तीय संस्था र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
किसान लघुवित्त वित्तीयको ९.९१,कर्णाली डेभलपमेन्टको ९.२३ र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.२३ प्रतिशतले सेयर मूल्य बढेको हो।कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
प्रतिक्रिया लेख्नुहोस्:-