काठमाडौं । भारत भ्रमणमा रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छिन् । मन्त्री शर्माले बुधबार भारतीय सञ्चार राज्यमन्त्री देभुसिंह चौहानसँग नयाँदिल्लीमा भएको छलफलमा उनले सो आग्रह गरेकी हुन् ।
“नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्”, सरकारका प्रवक्ता शर्माले भनिन्, “दुवै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्दछु ।”
प्रतिक्रिया लेख्नुहोस्:-