काठमाडौं । होलीको दिन आज काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन् । तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् ।
उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाईं र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ ।
ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य छ ।
प्रतिक्रिया लेख्नुहोस्:-