काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।
उक्त पार्टीको आज अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बुधबार टीकापुरमा अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य र प्रदेश र संघका सांसदसँग छलफल गरेकी थिइन्। सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ।
नागरिक उन्मुक्ति पार्टीमा २१ संस्थापक केन्द्रीय सदस्य छन्। तीमध्ये १२ जना मात्रै बैठकमा सहभागी थिए।
यस्तै, सुदूरपश्चिम प्रदेश सभामा रहेका ७ सांसदमध्ये पूर्वराजयमन्त्री कैलाश चौधरी, बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी बैठकमा सहभागी थिए।
प्रतिक्रिया लेख्नुहोस्:-