अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानले अन्यलाई पनि रोग नलुकाउन र सुरक्षित बस्न सुझाव दिएका छन् । मोक्तान न्युयोर्क आसपासमा नेपाली समुदाय बीचमा चर्चित भिडियोग्राफर हुन । उनले ज्याक्सनहाइटमा “मोक्तान डिजिटल” सञ्चालन गर्दै आएका छन् ।
पछिल्लो समय कोरोनाको संक्रमण आशंकामा उनी अस्पताल भर्ना भएका थिए । दूरबिन नेपाल सँगको टेलीफोन कुरा कानीमा उनले आफुलाई बोल्न अप्ठेरो भएकाले च्याट्मा मात्र सम्पर्क गर्न आग्रह गरे । उनले कोरोना संक्रमण भएका अन्यलाई पनि रोग नलुकाउन तर सतर्कता अपनाउन भनेका छन् ।
मोक्तानले अरुलाई पनि शिक्षाहोस भनेर आफुले नाम सार्वजनीक गरेको बताए । मोक्तानले स्टाटस सहित अस्पताल बेडबाट माक्स सहितको फोटो पनि सार्वजनीक गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-