Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

किमको चीन भ्रमण सकारात्मक– राष्ट्रपति ट्रम्प

चैत्र १५, २०७४ २:५३ मा प्रकाशित
किमको चीन भ्रमण सकारात्मक– राष्ट्रपति ट्रम्प

South Korean Unification Minister Cho Myoung-gyun (R) shakes hands with his North Korean counterpart Ri Son Gwon (L), who is chairman of the North's Committee for the Peaceful Reunification of the Country, during their meeting at the Unification Pavilion building on the northern side of the border truce of village of Panmunjom on March 29, 2018. A top South Korean official set off on March 29 for a high-level meeting with the North's officials in the Demilitarized Zone to prepare for an inter-Korean summit, days after North Korean leader Kim Jong Un made his international debut with a surprise trip to China. / AFP PHOTO / KOREA POOL / - / South Korea OUT

Share on FacebookShare on Twitter

वासिङ्टन, १५ चैत / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भन्नुभएको छ ।

उहाँले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताउनुभएको हो ।

उहाँले आफ्नो ट्वीट अकाउन्टमा भन्नुभएको छ– ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि ठीक हुन्छ भन्ने बारेमा बुझ्नुहुने छ र त्यही गर्नुहुने छ ।’

उक्त भ्रमण र चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ताका बारेमा पनि सूचना पाएको र सो भेटवार्ता राम्रो भएको थाहा भएको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

त्यसैगरी बुधबार पनि एक प्रेस ब्रिफिङ्का क्रममा ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुँदै गएको जानकारी दिनुभएको थियो ।

चीनले भन्यो ः उत्तर कोरिया परमाणु निःशस्त्रीकरणमा सहमत

चीनले उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएको बताएको छ ।

हालै मात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाइ आएको छ ।

तर उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई पनि दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

नेता किमले चिनियाँ राष्ट्रपतिसँगको छलफलका क्रममा अहिले उत्तर कोरियाले वार्ताका लागि वातावरण खोज्दै हिँडेको भन्दै यसलाई राम्रो रुपमा लिन सक्दा मात्र निःशस्त्रीकरणको मुद्दा समाधान हुने बताउनुभएको हो ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले यस भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने बताएको छ ।

उत्तर कोरियाली नेताका रुपमा सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक गरेको विदेश भ्रमणका क्रममा चीन पुग्नुभएको हो ।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्नुहुने भएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सोही बैठकअघि उहाँको यो भ्रमण भएको हो ।

दक्षिण कोरियाको समर्थन

उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले किमको चीन भ्रमणको स्वागत गरेको विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस विषयमा सार्वजनिक गर्नुभएको छ ।

चीन उत्तर कोरियाको निकटको देश मात्र नभएर प्रमुख आर्थिक सहयोगी राष्ट्र पनि हो । त्यसैले उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग भेटवार्ता गर्नुअघि चीनसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको बताइएको थियो । (रासस÷सिन्ह्वा)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result