अमेरिका । कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तान डिस्चार्ज भएका छन् । झण्डै एक साताको उपचार पछि मोक्तान डिस्चार्ज भएका हुन् ।
मोक्तानले फेसबुक स्टाटसमा आफु जोखिम मुक्त भएको बताएका छन् । उनले आफ्नो स्वास्थ लाभ गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् । साथै मोक्तानले आफ्ना अनुभवहरु अब अन्यलाई पनि शेयर गर्ने पनि जनाएका छन् । यस अघि उनले अस्पतालको शैयाबाट आफु कोरोना संक्रमित भएको खुलासा गर्दै अन्यलाई पनि रोग नलुकाउन र सतर्क रहन अपिल गरेका थिए ।
मोक्तान न्युयोर्क आसपासमा नेपाली समुदाय बीचमा चर्चित भिडियोग्राफर हुन । उनले ज्याक्सनहाइटमा “मोक्तान डिजिटल” सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-