काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तनको डढेलो सल्किसकेको टिप्पणी गरेका छन् ।
उनले आज राप्रपा नेपाल, रुपन्देहीले भैरहवामा गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमा यस्तो बताएका हुन् ।
‘तराईमा पनि म सुन्दैछु, बिस्तारै यो धर्म परिवर्तनको महारोग सल्किएर गएको छ। हामीलाई कुनै पनि धर्मको विरोध गर्नु छैन। इसाईहरू आजभन्दा ७० वर्षअगाडि औंलामा गन्न सक्ने संख्यामा थिए। १०–१२ जना मात्रै थिए, याद राख्नुस्। अहिले लाखौं भएका छन्।’
प्रतिक्रिया लेख्नुहोस्:-