काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन सबैले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् ।
उनले शनिबार स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा यहाँ आयोजित दुईदिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको उल्लेख गर्दै मेला लगायतका गतिविधिले पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्नसमेत टेवा पुग्ने बताए ।
दुई दिनसम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकला, हस्तकलाका सामग्री, नेवारी खाजा कक्ष र सांस्कृतिक प्रस्तुति रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-