काठमाडौं । एकल आमाका सन्तानलाई आमाकै नाममा जन्मदर्ता गर्न गृह मन्त्रालयले वडा कार्यालयहरुलाई निर्देशन दिएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्व नखुलेका बच्चाको जन्मदर्ता आमाकै थर राखेर गर्न निर्देशन दिएको हो।
विभागले दिएको निर्देशनमा भनिएको छ( ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने।’
प्रतिक्रिया लेख्नुहोस्:-