काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका जोखबहादुर महरा नियुक्त भएका छन् ।
संसदीय दलका नेता रहेका उनलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
माओवादी संसदीय दलका नेता महराले शुक्रबार मात्र बहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।लुम्बिनीमा माओवादी केन्द्रका १० प्रदेश सदस्य छन् । गठबन्धनमा भएको भागबन्डाअनुसार महरालाई एमाले (२९) जसपा (३), एकीकृत समाजवादी (१) र स्वतन्त्र सांसद खड्ग बस्नेतले समर्थन गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-