काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पशुपति क्षेत्रमा भोलि (शुक्रबार) देखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ।
बिहीबार श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले जयवागेश्वरीमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । मूल समितिका संयोजक दिलीप वैद्यका अनुसार जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नम्बर २८ बाट १०० जना देवगण आउने आउनेछन् । ती देवगणलाई चावहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको छ ।
हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो। विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताए। अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो। जसलाई राजा प्रताप मल्लले फेरि सुरु गरेका हुन्। विसं २०६६ अघि पनि करिब आधा शताब्दी जात्रा लोप भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-