काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ।
आयोगले जारी गरेको आचारसंहिता सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने हुन्छ।
आचारसंहिताअनुसार स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले आफ्नो निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा टोपी, टिसर्ट मात्रै नभर्इ मास्क, लकेट वा स्टिकर लोग लगायत उत्पादन, प्रयोग र विक्री वितरण गर्न नपाइने भएको छ।
आयोगले यसअघि जारी गरेको आचारसंहिताको व्यवस्थामा सुधार गर्दै प्रचार प्रसार गर्नेले मात्रै नभइ कसैले पनि उत्पादन र प्रयोग गर्न नपाउने व्यवस्था गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-