काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशका सबै क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याउनुपर्ने बताएका छन् ।
उनले आइतबार काठमाडौंमा नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन गर्दै अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीका रूपमा रहेको बताए ।
नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न सरकारसँग सहकार्य गरी अघि बढ्नुपर्ने उनले बताए । अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले अस्पतालले स्थापनायता ३१ लाख ८२ हजार ५७९ जनालाई सेवा उपलब्ध गराएको जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-