काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो प्रेस सल्लाहकार किरण पोखरेललाई नियुक्त गरेका छन्।
आइतबार सूचना आयोगका पूर्वआयुक्त तथा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिले यसअघि राजनीतिक सल्लाहकारमा सुनीलबहादुर थापा, कानुनी सल्लाहकारमा बाबुराम कुँवर, परराष्ट्र सल्लाहकारमा डा। सुरेशचन्द्र चालिसे, आर्थिक सल्लाहकारमा डा। चिरञ्जीवी नेपाल, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-