काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकासँग तत्काल संवाद गर्न आग्रह गरेका छन्।
उनले सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै यस विषयमा महानगरपालिकासँग तत्काल संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
दुई तहका सरकारका बीचमा तत्काल सल्ट्याउनुपर्ने विषयहरूलाई सल्ट्याइहाल्न पनि उनको आग्रह छ। उनले महानगरपालिकाले राखेका जायज मागहरूलाई पूरा गर्न आवश्यक विषयहरूमा समझदारी कायम गर्न माग गरे।
प्रतिक्रिया लेख्नुहोस्:-