Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना र नेपालको राजनीति

चैत्र २९, २०७६ ५:४३ मा प्रकाशित
कोरोना र नेपालको राजनीति
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

यद्यपि म अहिले संयुक्त राज्य अमेरिकामा छु, विश्वभर छरिएर रहेका नेपाली समुदायलाई  कोरोनाको यस महामारीको चरम संकटकालमा संझि रहेको छु र घरैमा स्वनियंत्रण र एकान्तवासमा बस्नु हुन सविनय अनुरोध गर्दछु ।

नकारात्मक ग्रन्थि  भएका कसैले  भन्लान विदेशमा  बसेर सल्लाह दिनुको कुनै तुक छैन तर त्यसले मलाई कुनै नकारात्मक असर पर्दैन किनभने म सदैव सकारात्मक छु ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट नेपाल पनि अछुतो छैन । अद्य परिमित नेपालमा कसैको  मृत्यु नहुनु ख़ुशी र अनुसंधानको विषय बनेको छ । भोलीका दिनहरूमा पनि नेपालमा कसैले मृत्युवरण गर्नु नपरोस । यही शुभकामना छ अहिलेलाई । तर नेपालका नेपालीहरू र हामी सबैले चनाखो र संवेदनशील हुनु पर्छ । सरकारले दिएको आदेश र सरकारी नियम कानूनहरूको पूर्णरूपेण पालना गरि आँफूलाई र सबैलाई बँचाउने महाकार्यमा हामी सबैले साथ, सहयोग र समर्थन दिनु पर्छ ।

अहिलेको सरकारले केही पनि गरेको छैन त म भन्दिन तर जति र जसरी गर्नु पर्थ्यो, त्यो गरिरहेको छैन । केही कार्य त गरि रहेकै होला तर अत्यन्त मन्द गतिमा छ । संभवत बुद्धि, विवेक र दुरदर्शिताको कमी होला ।

नेपालको दुई तिहाईको सरकार असफल भएको छ । मैले धेरै व्याख्या गरि रहनु पर्दैन किनभने सामाजिक संजाल, विभिन्न समाचार माध्यमहरू र यू ट्यूब मार्फत सबै तथ्य सत्यहरू सार्वजनिक भैसकेका छन ।
केवल भ्रष्टाचार, दुराचार र बलात्कारमा संलग्न भएको यो सरकारको अब कुनै औचित्य छैन ।

नेपालको प्रमुख प्रतिपक्षीले पनि खासै काम गर्न नसकिरहेको अवस्थामा नेपाली जनता अबको बाटो कता जान्छ भन्ने विषय र सन्दर्भमा निकै चिन्तित देखिएका छन । डा. शोभाकर पराजुली, डा. सुनील शर्मा, गगन
थापा, डा. डीला संग्रौला , बिजुला बर्मा, धनराज  गुरूंग, गुरूराज घिमिरे र  अन्य कतिपय युवा पुस्ताका नेता बाहेक अरू मृतप्राय: अवस्थामा छन । अर्का प्रभावशाली युवा  नेता विश्वप्रकाश शर्मा शेर ब. देउबाका निकट हुने बित्तिकै निस्तेज भई सकेका छन । बेला- बेलामा केही गर्न त खोज्दछन तर पार्टीनै कमजोर भएपछि उनका योजनाहरू सफल भई रहेका छैनन । उनी लाचार होलान भन्ने मलाई लाग्छ ।

शेर ब. देउबा उहिलेका बलिया नेता थिए । नेपाली कांग्रेसको गौरवशाली इतिहासमा उनको उल्लेख्य योगदान थियो तर केहि वर्ष यतादेखि क्रमश: उनि ओरालो लाग्दैछन । केवल उमेरमा मात्रै नभएर विचारमा, व्यवहारमा र अन्यान्य धेरै कुराहरूमा । अब पनि नेपाली कांग्रेसले उनैलाई बोकेर हिड्यो भने नेपाली कांग्रेसको स्थिति दयनीय हुनेछ र नेपाली कांग्रेसकै कार्यकर्ताहरू अन्य पार्टीहरू तर्फ आकर्षित हुनेछन ।

पुराना नेताहरूमा अर्जुन दा बौद्धिक, तार्किक र मिलनसार व्यक्तित्वको रूपमा चिनिनु हुन्छ । नेपाली कांग्रेसमा उहाँको खाँचो देखिन्छ । सुजाता दिदीले पनि आफ्नो ताक़त र सामर्थ्यले भ्याए अनुसार नेपाली कांग्रेसलाई उल्लेखनीय योगदान दिएको कुरालाई हामीले बिर्सनु हुन्न । कोईराला परिवारमा शेखर कोईराला र सशांक कोईरालालाई हामीले पार्टी प्रमुख अथवा राष्ट्रप्रमुखका रूपमा हेर्न बाँकी छ तर उहाँहरूले आँफूलाई जनताका बीचमा स्थापित गरेर यो राष्ट्रलाई जोगाउनु छ ।

लकडाउन खुले पछि नेपाल नराम्रोसंग बजारमा, संसदमा र सडकमा देखा पर्ने छ ।
अहिलेनै नेपालको अर्थ- व्यवस्था ध्वस्त भई सकेको स्थिति छ । विश्व अर्थतंत्रमा ठुलै उथल- पुथल हुनेछ । रेमिट्यान्सबाट चल्ने देशमा अब केही महिना सम्म रेमिट्यान्स पनि आउँदैन । विदेशमा भएका धेरै आप्रवासीहरू परदेशबाट घरदेश फर्किनेछन । अरू धेरैथोक हुन्छ नेपालमा । म सबैकुरा यहाँ व्याख्या गर्न चाहन्न किनभने मलाई लेख लामो हुन्छ भन्ने डर लाग्न थाल्यो अब ।

निस्कर्षमा मेरा ९ बुँदे प्रस्तावहरू छन नेपाली जनतालाई:
१. हो ! नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनैतिक पार्टी हो तर यसले बी. पी को राष्ट्रीयता, प्रजातंत्र र समाजवादका आधारभूत सिद्धान्तलाई आलिंगन गरेर हिंडेन र सामूहिक नेतृत्वलाई स्वीकारेन भने अब यो पार्टीको कुनै औचित्य छैन । नयाँ नेतृत्व आउनु पर्छ । भ्रष्टाचारी नेताहरूलाइ यसले कार्वाही गर्न सक्नु पर्छ ।

२. नेपालका अधिकांश कम्युनिस्टहरू भ्रष्ट छन । यो भ्रष्टाचारीहरूको सरकार रहेछ, पुन: प्रमाणित भयो । तर यसमा पनि उदार, देशभक्त र सच्चा कम्युनिष्ट हरूलाई म आदर, सम्मान र प्रणाम गर्दछु मेरा अन्तस्करणबाट । उहाँहरू शिथिल भईसकेको स्थितिलाइ मैले बुझि सकेको छु र उहाँहरूले टुलु- टुलु हेर्नु र सुन्नु बाहेक अरू केही गर्न सक्नु हुन्न पनि ।

३. यो भ्रष्टाचारी सरकारलाई  लकडाउन पछि फालेर नागरिक सरकारको निर्माण गर्नु आवश्यक छ र त्यसमा अहिलेका सामाजिक अभियन्ताहरू जस्तै मानव अधिकारवादी कृष्ण पहाड़ी ,  रवि लामिछाने , सुरेन्द्र के. सी, डा. दीक्षित, सुरेन्द्र भण्डारी, एटर्नी एट ल संविधानविद भीमार्जुन आचार्य, दिनेश त्रिपाठी, अरूण सुवेदी कानूनविद बालकृष्ण न्यौपाने, वरिष्ठ पत्रकार  रबीन्द्र मिश्र र अन्य पाँचजना महिलालाई समेतको एउटा मंत्रीमण्डल बनाउनु ज़रूरी छ।

४. अहिलेको सरकार र यसका मातहतमा रहेका सबै निकायहरू जस्तै अख़्तियार दुरूपयोग र अन्य नालायक  निकायहरूलाई अविलम्ब विघटन गर्नु पर्छ ।
५. नयाँ नागरिक सरकारले अर्को एउटा स्वतंत्र र निष्पक्ष निर्वाचन गरोस र त्यो आम निर्वाचनमा अन्य राजनैतिक पार्टीहरूले भाग लिनेछन ।
६. अबको चुनाव पद्धति कम खर्चिलो र सबैले धान्न सक्ने खालको हुनु पर्छ। अत: प्रत्यक्ष रूपमा कार्यकारी प्रधानमंत्रीको चयन गर्नु पर्छ र सांसदहरू तथा मंत्रीमण्डलको संख्या अत्यन्त कम बनाउनु पर्छ ।
७. नेपाललाई राष्ट्रपति चाहिंदैन । संवैधानिक रानी चाहिन्छ । अत: संविधानको अधीनमा रहने गरि हिमानी शाहलाई आलंकारिक राष्ट्रपति बनाउनु आजको ठोस आवश्यकता हो ।
८. हामीले धर्मनिरपेक्षता र संघीयता हटाउनु पर्छ । नेपालका निम्ति यो भविष्यमा गएर अझै हानिकारक हुन्छ ।

९. अब अर्को एउटा अन्तिम आन्दोलन देशमा अत्यावश्यक छ । विदेशको नेतृत्व, संकेत, स्वार्थ र ईशारामा हैन; परन्तु नागरिक आन्दोलन आफ्नै मातृभूमिमा । हैन भने, नेपालको भविष्य अन्धकार र भयावह छ ।

(क्यालिफोर्निया निवासी  प्रा.डा. दुर्गा दाहाल नेपाली कांग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र निष्पक्ष राजनैतिक विश्लेषक हुनुहुन्छ )

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result