अमेरिका । कोरोना भाइरस संक्रमणका कारण निधन भएका अनिल सुब्वा लिम्बुको परिवारलाई संकलित रकम हस्तान्तरण गरिएको छ । गत मार्च २४ तारिक अनिलको अमेरिकाको न्युयोर्कमा उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।
अनिलको निधन पछि अमेरिकामा रहेका नेपालीले गोफण्ट मार्फत परिवारका लागि सहयोग संकलन गरेका थिए । सहयोग संकलन अभियानमा सक्रिय मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ्गका अनुसर २१ हजार सात सय ६ डलर संकलन भएको थियो । त्यस मध्ये गोफण्टको प्रतिशत कटाएर बाँकी रहेको बीस हजार नौ सय चालिस अमेरिकन डलर स्वर्गिय अनिलकी श्रीमती शान्ता सुब्वाको नाममा रहेको क्यापिटल बैकको खातामा जम्मा गरिएको छ ।
१६ दिन अगाडि खोलिएको गोफण्टमा अमेरिका लगायत अन्य देशबाट पनि आर्थिक सहयोग गरेका थिए । महासचिव नेम्वाङ्गका अनुसार विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक अभियन्ताले पनि आर्थिक सहयोग गरेका थिए ।
पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएका अनिल लामो समय देखि अमेरिकाको न्युयोर्क परिवार सहित बस्दै आएका थिए । ४९ बर्षको अल्पआयुमा नै निधन भएका अनिलको लिम्बुको एक श्रीमती र दुई छोरा तथा एक छोरी छिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-