काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएका छन् ।
मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन् । यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए ।
वेष्ट इन्डिजका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रो पटक हो । चीनको हाङचउमा गत वर्ष भएको १९ औं एसियाली खेलकुदमा दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउनेक्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो ।
प्रतिक्रिया लेख्नुहोस्:-