काठमाडौं। नेपालले इरान–इजरायललाई संयमता अपनाउन आग्रह गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ ।’ मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गरेको छ ।वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-