Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

बैशाख २, २०७५ १:४१ मा प्रकाशित
‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

xfQL tLy{dfg snL;Fu} w|'j] xfQL lrtjg /fli6«o lgs'~hsf] ;'vLef/ kf]i6 glhs cfOtaf/ lgs'~hsf] kf]yL xfQL tLy{dfg snL;Fu} w|'j] xfQL . ;f] xfQLn] kfFr jif{cl3 !% hgfsf] Hofg lnPsf] atfOPsf] 5 . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

Share on FacebookShare on Twitter

चितवन, २ वैशाख / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ ।

पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट ‘टाइगर टप्स’ जाने बाटोमा रहेको सुखीभार पोष्टमा निकुञ्ज सुरक्षार्थ राखिएको पोथी हात्ती ‘तीर्थमान कली’लाई ध्रुवेले आज बिहान २ः४० बजे साङ्लो चुडाएर जंगलतर्फ लगेको छ ।

सोही पोष्टमा हात्ती हेर्दै आउनुभएका रामकुमार चौधरीका अनुसार ध्रुवे हात्तीले तीर्थमान कलीसँगै बाँधिएको भाले हात्ती ‘पारस गज’लाई दाह्राले हानेर सामान्य घाइते बनाएको छ । चौधरीले भन्नुभयो, “राति ध्रुवे आएर पारस गजलाई हान्यो, तीर्थमान कलीको साङ्लो चुडाएर जंगलतर्फ लग्यो ।” पोष्ट नजिकै तीर्थमान कलीसँगै ध्रुवे रहेको उहाँले बताउनुभयो ।

दुई दिनअघि रासन कोठाको झ्याल पनि फोरेको छ । एक महिना अघिदेखि सो क्षेत्रमा ध्रुवे हात्ती रहेको उहाँले बताउनुभयो । चौधरीका अनुसार सबैलाई हात्तीले त्रसित बनाएको छ ।

सोही क्षेत्रमा पर्यटक घुमाउन सौराहाबाट शनिबार पुग्नु भएका जीपका चालक गौरीराम विश्वकर्मालाई ध्रुवे हात्तीले लखेटेको थियो । उहाँले भन्नुभयो “हामीलाई ध्रुवेले लखेटेपछि भागेर बच्यौँ । बाटोको छेउछेउ गाडीको पिछा गरेको थियो ।”

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले प्राविधिक, गाइड, हात्तीसारका कर्मचारी सबैले अहिले देखिएको हात्ती ध्रुवे भएको जनाएको बताउनुभयो । गत साता शुक्रनगर क्षेत्रको मानव वस्तीमा पसेपछि लखेटेर जंगलतर्फ धपाएको उहाँले बताउनुभयो । ध्रुवे हात्तीले यतिबेला खासै बितण्डा नमच्चाएको भन्दै उहाँले सामान्य क्षतिबाहेक केही नगरेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सज्जन भएर आएछ ।”

सोही हात्तीले २०६६ देखि २०६९ सालसम्म नेपाल र भारतमा गरेर १५ जनाको ज्यान लिएको निकुञ्जका अधिकारीले जनाएका छन् । २०६६ सालमा एक जना, २०६७ सालमा तीन, २०६८ सालमा एक र २०६९ सालमा १० जना सर्वसाधारणको ज्यान लिएको थियो । जसमध्ये चितवनको माडीमा छ, मेघौलीमा दुई, कसरामा एक, बाराको रुपही र कोवीमा चार तथा भारतमा दुई जनाको ज्यान लिएको बताइएको छ । ध्रुवेले ५० भन्दा बढी घर नष्ट गरेको थियो ।

सोही हात्तीले टाइगर टप्स होटलका शमशेरगज हात्ती मारेको थियो । २०६९ सालमा सो हात्तीलाई निकुञ्जमा गोली प्रहार गरिएको भए पनि नमरेको निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताउनुभयो ।

उहाँका अनुसार उमेर पुगेर उन्मत्त हुँदै गएपछि समूहबाट छुटेर पोथी हात्ती खोज्ने क्रममा ध्रुवे चितवन राष्ट्रिय निकुञ्ज आएको हो । जुन ठाउँमा ध्रुवे थियो सो क्षेत्रमा रहेका अन्य भाले हात्तीका कारण पोथी नपाएपछि ध्रुवे मात्तिएको बेला चितवन राष्ट्रिय निकुञ्ज आउने गर्दछ । रासस

सम्बन्धित समाचार

आइतवार अभिनेता शिव श्रेष्ठ र सुनील थापासंग भेटघाट कार्यक्रम
अमेरिका समाचार

आइतवार अभिनेता शिव श्रेष्ठ र सुनील थापासंग भेटघाट कार्यक्रम

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया
Slider

नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा
Breaking News

क्यालिफोर्निया च्याप्टरका लागि हरी ओझा समूहको उम्मेदवारी घोषणा

मोहन लम्साल  किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित
Slider

मोहन लम्साल किवानीज इन्टरनेशनलको “ट्रस्टी एट लार्ज”मा निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result