काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी वर्षा लाग्नुभन्दा पहिला नै भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
मन्त्री लामिछानेले आज सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
अन्तर मन्त्रालयले पनि पीडितको स्थायी आवास निर्माणको कामलाई छिटो छरितो ढंगले सम्पन्न गर्नका लागि आवश्यक सहकार्य गर्न उपप्रधानमन्त्री लामिछानेको अपिल थियो ।
उपप्रधानमन्त्री लामिछानेले प्रभावितलाई राहत हुने कुरामा हुने ढिलाईको विषय सबैभन्दा बढी गुनासोको रुपमा आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सम्बन्धित पक्षले विशेष ख्याल राख्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-