काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले आगामी निर्वाचनलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले सोमवार कैलालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । थापाले कांग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए।
उनले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्नु नहुने बताए। उनले एक वर्ष नेकपा एमालेसहित नेकपा (माओवादी केन्द्र) र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-