काठमाडौं । नागढुंगा–नौबिसे मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रमका बीच सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
सडक विभागले सर्वेक्षण पश्चात सम्भाव्यताको आधारमा सन् २०१५ मा सो सुरुङमार्गको प्रस्ताव गरेको थियो । त्यसपश्चात् सरकारले निर्माण कार्य अगाडि बढाउन जापान सरकारसँग सन् २०१६ मा सहुलियतपूर्ण ऋण सम्झौता गरेको थियो ।
करिब २० अर्ब ६० करोड लागत अनुमान गरिएको सुरुङमार्गमा जापान सरकारले जाइकामार्फत् ०।१ प्रतिशत ब्याजदरमा ४० वर्षे अवधिसहित १५ अर्ब ८० करोड ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले ४ अर्ब ८० करोड आन्तरिक स्रोतबाट बेहोरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-