काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीले अवसरवादी चरित्र देखाएको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री ओलीले सोमबार सुदूरपश्चिम प्रदेश सरकार गठनका क्रममा एकीकृत समाजवादीले गरेको निर्णयलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा एमालेका अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा सत्तारुढ एकीकृत समाजवादीले लिएको नीतिप्रति आक्रोशित बनेका हुन् । सत्तामा सहभागी भए पनि नेकपा एसले आफूलाई माइनस गरेको भन्दै सत्ता गठबन्धनमा असन्तुष्टि ब्यक्त गरिरहेको सन्दर्भमा पछिल्लो निर्णयलाई निकै चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-